प्रधानमन्त्रीले भियतनामी सहायक विदेश मन्त्रीलाई भेटेर यस्तो भने!

काठमाडौं,२० फागुन–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उहाँले सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै अबको समय आर्थिक वृद्धिभएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालको सरकारी निवासमा बिहान भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउलेसंगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताउनु भयो ।
भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताउनु भयो । कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।
भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताउनु भयो । चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here