काठमाडौं,२१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक हुने बताउनुभएको छ । ७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नु भयोः ‘विश्वका जनता आणविक हतियारको पक्षमा छैनन्,’ आणविक हतियार तयार गरेपछि प्रयोग गर्ने कौतुहलता हुन सक्ने र कसैको दिमागमा त्यस्तो सनक चढे विश्व नै सखाप हुने भएकाले यो घातक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

