प्रधानमन्त्रीले आज संसदमा विशेष सम्बोधन गर्ने, आजै राजीनामा दिने संभावना

काठमाडौं, ९ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिनुहुने भएको छ । दिउँसो संसद बैठकमा बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुने बताइएको छ । प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ ।

मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो राजीनामा बारे मन्त्रीहरुलाई जानकारी गराउनुहुनेछ । कंग्रेससँगको गठबन्धन गर्दा भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले पद छाड्न लाग्नुभएको हो ।

संसदमा गर्ने संबोधनमा भने उहाँले आफ्नो कार्यकालमा भएका कामको बिषयलाई प्राथमिकता दिनुहुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । संसदको सबैभन्दा ठुलो दल कंग्रेसको समर्थनमा दाहाल १० महिनाअघि प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्रीले राजीनामा दिएपनि नयाँ सरकार गठन हुन भने अझै केहिदिन लाग्नेछ । राजीनामा लगत्तै राष्ट्रपति भण्डारीले सहमतिका आधारमा सरकार गठनको प्रयास गर्न एकसाताको समय दिनुहुनेछ । त्यसपछि मात्र बहु्मतिय सरकार गठनको प्रयास हुनेछ । ठुलै उथलपुथल नभए कंग्रेस सभापति शेरवहादुर देउवा आगामी प्रधानमन्त्री बन्नुहुने निश्चित रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here