प्रधानमन्त्रीले आज मुख्य ३ दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

web

काठमाडौं, ३२ साउन–  प्रधानमन्त्री शेरबहादुर देउवाले आज मु्ख्य तीनदल संग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको सकिनै लागेकाले प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल गर्न प्रमुख तीन शीर्ष नेताहरुलाई बोलाउनुभएको हो ।
निर्वाचन आयोगले मंसिर पहिलो सातामै निर्वाचनको मिति तोक्न आग्रह गरेपछि प्रधानमन्त्री देउवाले आज मुख्य दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा शीर्ष नेताहरुबीच सहमति भए प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गरी मिति घोषणा गरिनेछ । यसअघि हिजो निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिरको पहिलो साता प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here