काठमाडौँ, १ साउन- प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले असल जनप्रतिनिधि र इमान्दार नेताको छवि भएका सुब्बाको निधनको अप्रत्यासित खबरले आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “दुःखद् घडीमा तारा सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । शोकाकुल परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछु ।”
निमोनियाबाट पीडित ५२ वर्षीय सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । तीन वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित हुनुहुन्थ्यो ।

