काठमाडौं, २३ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकाहरुसंग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे छलफलकालागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द्र परियारले जानकारी दिनुभयो ।
छलफलमा प्रदेशसभा र केन्द्रसभाको निर्वाचनका विषयमा छलफल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

