काठमाडौं,२४ बैशाख । पूर्व राजदुत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको बताउनुभयो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिम्खडाले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालिन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हाँसिल गरेका मुलुक भएकोले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने सुझाव दिनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि प्रधानमन्त्रीले सम्मेलनमा आवाज उठाउनुपर्ने माग गर्नुभयो ।
भियतनाममा हुने बैशाखी सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र सम्बोधन गर्ने कुरा राम्रो भएको पनि उहाँले स्पष्ट पार्नुभयो । यद्धपी नेपालको आन्तरिक राजनीतिकलाई सुविचार गरेर गर्दै पूर्व तयारी राम्रो काम गरेर गएको भए उपयुक्त हुने थियो उहाँले भन्नुभयो । नेपालको विदेश नीतिमा आम सहमति आवश्यक रहेको बताउनुभयो । नेपालको संक्रमणकालिन न्याय जटिल विषयवस्तु बनेर आउनेवाला रहेको पनि उहाँको भनाई थियो ।

