प्रधानमन्त्रीको कार्यशैलीप्रति नेपालको प्रश्न !

काठमाडौं,२४ फागुन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत् ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गर्नुभयो ।
उहाँले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहँदा पार्टीको सांगठनिक एकीकरणको काममा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा आपत्ति जनाउनुभयो ।पार्टीलाई विधिसम्मत् ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here