प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

काठमाडाैं, १७ माघ – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन परेको छ ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रा.डा. गोविन्द केसीको मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको हो । अधिवक्ता भण्डारीले आज सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिनुभएको छ ।

‘प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४-९-२६ गते अन्दाजी ५:३० बजे तथा उहाँको सम्बन्धमा नागरिक दैनिकमा गत बिहीबार मेरो लेख प्रकाशित भएपछि सोही दिन बिहान अन्दाजी ९:३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको,’ भण्डारीले निवेदनमा भन्नुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here