प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय भाली हुने

काठमाडौं,१२ साउनःभावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्ने भएको छ ।

समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य सांसद पार्वत गुरुङले जानकारी दिए ।

भावी प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् । समितिकोे आइतबार बस्ने बैठकले जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here