प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन

काठमाडौं,१७ पुस । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन हुनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित उहाँलाई अनुमोदन गरेको हो ।

राणालाई मंसिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसअघि न्याय परिषद्ले राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
जोशी भने यसअघि नै प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइ विशेष समितिबाट अस्विकृत हुनुभएको थियो । नियुक्तिदेखि नै विवादमा तानिएका राणाको नाममा ९ वटा उजुरी संसदीय समितिमा परेका थिए । आइतबारको बैठकमा उहाँ आफूमाथि लागेका उजुरीहरुको जवाफ दिएका थिए ।
राष्ट्रपतिबाट सपथ लिएसँगै उहाँ ६७ वर्षे इतिहास भएको न्यायालयको २८ औं नेतृत्वकर्ता बन्नुहुने छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसंगै प्र्रधानन्यायाधीशले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here