प्रदेश-७ः माओवादी केन्द्रको संसदीय दलको नेतामा त्रिलोचन भट्ट

काठमाडाैं, २१ माघ – प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन हुनुभएको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले बहुमतबाट भट्टलाई नेता चयन गर्ने निर्णय गरेको हो ।

निर्णयसँगै यो प्रदेशको मुख्यमन्त्री बन्न उहाँलाई बाटो खुलेको छ । माओवादी केन्द्रले प्रदेश -७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भट्टलाई यसअघि नै सिफारिस गरिसकेको छ । वाम गठबन्धनले प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरिसकेको छ । माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट र प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

प्रदेश -७ प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ सांसद मध्ये १२ जनाले भट्टलाई नै दलको नेता बनाउने निर्णयमा सहमति जनाएका थिए । सांसदहरू वीरमान चौधरी र मानबहादुर धामी पनि संसदीय दलको नेताका आकांक्षी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here