प्रदेश ७ः गोली काण्डबारे सर्वदलीय बैठकको तयारी

काठमाडौं,९ भदौंः प्रदेश नम्बर ७ को कञ्चनपुर गोलीकाण्डबारे छलफल गर्न सर्वदलीय बैठकको तयारी भइरहेका छ ।
नेकपा सांसद लेखराज भट्टले बेग्लै विज्ञप्ति जारी गर्दै निर्मला हत्या घटनामा गृहमन्त्रालयस्तरीय समितिले काम गर्न नसक्ने भन्दै त्यो भन्दा उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।
भट्टको विज्ञप्तिमा भनिएको छः निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि र गत विहीबारका दिन गृहमन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरे पनि घटना झनै बल्झिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here