प्रदेश ६ को मन्त्रिपरिषद् विस्तार..यस्तो बन्यो प्रदेश सरकार

सुर्खेत, ६ फागुन- प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सत्ता साझेदार दल नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री शाहीले मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि आज सरकार विस्तार गर्नुभएको हो । मन्त्रालय बाँडफाँड तथा मन्त्रीको छनोट गरिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रीको नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र)का तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसीलाई मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह बुढालाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावललाई सामाजिक विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here