प्रदेश ५ लाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइनेः मुख्यमन्त्री पोखरेल

दाङ, २१ चैत- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेश पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताउँदै भन्नुभयो, ‘‘ पाँच नं प्रदेश सबै किसिमले धनी छ, कृषि र पर्यटनको मात्र विकास गर्न सकियो भने यो प्रदेश समृद्ध हुन सक्छ, हाम्रो पहिलो प्रयास पनि यही हुनेछ ।’’

अर्को प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुने  बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here