प्रदेश ५ मा ३६ विधेयकको मस्यौदा तयार

काठमाडाैं,१८ कात्तिकःप्रदेश ५ सरकारले थप ३६ वटा विधेयकको मस्यौदा तयार पारेको छ । बिजनेश अभावमा प्रदेशसभाको अधिवेशन नै अनिश्चित भईरहेका बेला प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार कानुन निर्माणका लागि मस्यौदा बनाएको दावी गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अधिकांश विधेयक मन्त्रिपरिषद् बाट पारित भइसकेको जानकारी दिनुभयो । केही मस्यौदा तयारका लागि सैद्धान्तिक सहमती जुटेको मन्त्री चौधरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here