प्रदेश ५ मा दरबन्दी २६ सय बढी,हाजिर ४ सय ६ जम्मा

काठमाडाैं,२३ असाेज । संघीय सरकारले स्वीकृत गरेका २ हजार ७ सय  ६२ कर्मचारीको दरबन्दीमध्ये प्रदेश ५ सरकारमा जम्मा ४ सय ६ जना कर्मचारी मात्रै हाजिर भएका छन् । कर्मचारी नहुँदा सरकार अन्तरगतका कार्यालय संचालन गर्न र बजेट  उपयोगमा सबैभन्दा धेरै समस्या छ ।

चालु आर्थिक वर्ष सुरु भएको ३ महिना पूरा हुँदासम्म करिब एक प्रतिशत मात्रै बजेट उपयोग भएको छ । कर्मचारीको चरम अभाव भएको भन्दै ७८ जना कर्मचारी प्रदेश सरकार आफैले करारमा भर्ना गरेको छ ।

करारका कर्मचारी सहित अहिले कर्मचारीको संख्या ४ सय ८४ पुगेको छ । यो कूल कर्मचारीको जम्मा १७ प्रतिशत  हो ।  मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वसन्त अधिकारीका अनुसार सबैभन्दा धेरै कर्मचारी दरबन्दी भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय हो ।

यसमा स्वीकृत १ हजार २ सय ३८ जनामध्ये ५१ जना कर्मचारी मात्रै आएका छन् । भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा ६ सय ४३ स्वीकृत दरबन्दी मध्ये ८८ जना मात्रै कर्मचारी आएका छन् । कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here