प्रदेश ५ मा उपसभामुखको निर्वाचन अाज

काठमाडाैँ, ६ फागुन – प्रदेश नम्वर ५ मा आज उपसभामुखका लागि आज निर्वाचन हुँदै छ । उपसभामुखका लागि २ जनाको उम्मेद्वारी परेकाले निर्वाचन गर्न लागिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

निर्वाचनको सबै तयारी पुरा भएको र आज १ बजे बस्ने संसद बैठकमा उपसभामुखका लागि निर्वाचन हुने सचिवालयले जनाएको छ ।

उपसभामुखका लागि वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु र कांग्रेसबाट रिना नेपाल विश्वकर्माको उम्मेदवारी परेको छ ।
बर्दियाकी थारुलाई एमालेले समानुपातिक सांसद बनाएको हो । त्यस्तै कपिलवस्तुकी विश्वकर्मा कांग्रेसबाट समामानुपातिक सांसद हुन् ।

निर्वाचनका लागि वाम गठबन्धनको स्पष्ट बहुमत छ । संसद्मा थारुका पक्षमा वाम गठबन्धनको ६१ मत छ । कांग्रेस उम्मेदवार रिना विश्वकर्माका पक्षमा कांग्रेसका १९ मत छ ।

५ मत रहेको संघीय समाजवादी फोरम, राजमोको १ र राजपाको १ मत छ । फोरम, राजमो र राजपाले कस्लाई समर्थन गर्ने भन्ने अझै निर्णय गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here