प्रदेश ५ को नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् कार्यक्रमहरु(पूर्णपाठ सहित)

काठमाडौं,९ जेठ । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६-२०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति कार्यक्रम आज प्रदेश सभाको बैठकमा पेश भएको हो । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम पेश गरे ।

सरकारको नीति कार्यक्रम पेश गर्दै उनले जनताको विकास र समृद्धिको आकांक्षालाई प्रदेश सरकारका माध्यमबाट पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए । संघीयताको कार्यान्वयनले नै जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सकिने उनको भनाइ थियो ।प्रदेश ५ सरकारले स्थिती पत्रलाई समेत आधार बनाएर प्रदेश सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी योजनाबद्ध विकासको बाटोमा अघि बढ्ने नीति लिएको हो ।

सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमागर्ने कुरालाई उच्च प्राथमिकता दिएको छ । नीति कार्यक्रममा कृषि,उद्योग,पर्यटनलाइ बिशेष महत्वमा राखिएको छ । अबको बैठक जेठ १० गते १ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here