प्रदेश ५ का झण्डै ५ सय प्रहरी आन्तरिक कारबाहीमा

काठमाडौं,१७ असारःआचरण विपरितको काम, निर्देशनको अवज्ञा, अवैध लेनदेन लगायतमा संलग्न प्रदेश ५ का झण्डै ५ सय प्रहरी आन्तरिक कारबाहीमा परेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउन महिनायता एक डीएसपीसहित त्यसभन्दा तल्लो तहका ४ सय ९८ प्रहरी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका प्रहरीका कसुर अनुसार घटुवा, तलब रोक्का, नसियत, ग्रेट रोक्का लगायतका कारबाही गरिएको प्रदेश ५ प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी पुष्प मल्लले जानाकारी दिनुभयो ।

जिल्लागत रुपमा सबैभन्दा बढी दाङमा कार्यरत ६१ जना प्रहरी कारबाहीमा परेका छन् । यस्तै रुपन्देहीका ५१, नवलपरासीका ४६, कपिलवस्तुका ४१, बाँकेका ३८, अर्घाखाँचीका ३०, बर्दियाका ३०, रोल्पाका १६, पाल्पाका ९, गुल्मीका ९ र रुकुमका ४ जना प्रहरी कारबाहीमा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here