पोखराः१२ बैशाख–प्रदेश ४ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बैशाख १९ गते बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को बुधवार भएको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले यो जानकारी दिनुभयो । सरकारले पर्सि बजेट ल्याउने तयारी गरेको थियो ।
तर विधि, प्रक्रिया र नियमावली अनुसार नमिल्ने भएकाले बिहीबार प्री बजेट (सिद्धान्त र प्राथमिकता) ल्याउने र १९ गते बजेट पेश हुने उहाँले जानकारी दिनुभयो ।
यसैबीच मन्त्रिपरिषद् बैठडकले विभिन्न विधेयक र कार्यविधि स्वीकृति र सैद्धान्तिक सहमति दिएको छ । मन्त्री चुमानका अनुसार स्थानीय तहको कानून तर्जुमा बिधेयक प्रदेशसभामा लैजाने निर्णय भएको छ ।

