प्रदेश ४ को नाम ‘गण्डकी’

काठमाडौं,२२ असारःप्रदेश नम्बर ४ को नाम गण्डकी घोषणा भएको छ । पोखरामा आज बसेको प्रदेश सभा बैठकले प्रदेश ४ को नाम गण्डकी राख्ने प्रस्ताव बहुमतले पारित गरेको हो । नेकपा, कांग्रेस लगायत दलका ५४ सांसदले सो प्रस्तावको पक्षमा मत हालेका थिए भने नयाँ शक्तिका सांसदमा मात्र विपक्षमा रहेको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here