प्रदेश ३ ले दियो सोनाम ल्होसारमा सार्वजनिक विदा

काठमाडौँ, २० माघ। प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा विदा दिने भएको छ । मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सोनाम ल्होसार माघ २२ गते विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here