प्रदेश–३ को अधिवेशन आज, प्रतिपक्षको अबरोध हुने संभावना

काठमाडौं,३० बैशाख ।  प्रदेश नम्बर–३ को प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै छ । आज सुरु हुने अधिवेशन प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्नसक्ने जनाइयो छ ।

आंकलन गर्दै प्रदेशसभा सचिवालयले मर्यादापालक थप गरेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । वर्षे अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न ८ वटा विषयलाई बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी र नामाकरणको विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

आजको प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयले प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । एक हप्तापछी मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने उहाँले बताउनुभयो ।
यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको विषय टुग्याउने भनिए पनि बैठकमा त्यो विषयले प्रवेश नपाएपछी कांग्रेस सांसदहरु रुष्ट भएका थिए । वर्षे अधिवेशनमा पनि राजधानीको विषय टार्न षड्यन्त्र गरिएको भन्दै प्रतिपक्षी कांग्रेसले बैठकको सुरुमै त्यो विषयले प्रवेश पाउनुपर्ने माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here