काठमाडौं, १ असोज– स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । हुनेछ मतदानका लागि ३ हजार ५७७ मतदान केन्ऽ कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।
निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्ऽ पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहसाथ भइरहेको, मतदातालाई सही रुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्ऽहरूमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् । सीमा नाका ७२ घन्टाका लागि सिल गरिएको छ ।
विगतका निर्वाचनमा राष्ट्रिय औसत बदर मतभन्दा प्रदेश २ अन्तर्गतका जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिएको छ । मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष र विभिन्न सदस्य पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । मतदान केन्ऽमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउनेलाई मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।
अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ । मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पााच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोचअनुसार तयारी अघि बढाइएको आयोगले जनाएको छ ।
अन्तिम कसरत
निर्वाचन कार्यक्रमअनुसार शुक्रबार मध्यरातदेखि नै प्रदेश २ मा मौन अवधि चलिरहेको छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ । यही अवधिमा अधिकांश चुनावी आँकलन उलटफेर हुने गरेको विगतको अनुभव छ । मधेसको चुनावमा मौन अवधिलाई स्थानीय जानकारहरु ‘कत्ल कि रात’ का रुपमा बुझ्ने गरेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न वस्तीका मतलाई खरिद गर्न सौदावाजी यही अवधिमा हुने गर्छ ।
अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेशमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदावर अघि बढेका र अप्रत्याशित परिणाम आएका उदाहरण थुप्रै छन् । यो खेल चुनावको अघिल्लो रात अझ तीव्र हुन्छ । जसलाई ‘कत्ल कि रात’ भनिन्छ । आजको कान्तिपुरमा खबर छ ।

