प्रदेश-२ को बैठक सकियो, फागुन २ मा सभामुखको निर्वाचन

काठमाडाैं, २१ माघ – प्रदेश नम्बर २ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले फागुन २ गते सभामुखको निर्वाचनको मिति तोकेको छ ।

बैठकलाई संघीय समाजवादी फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनल, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह, एमालेका शत्रुघन महतो तथा सत्य नारायण मण्डलले सम्बोधन गर्नुभयो । यस्तै समाजवादी पार्टी, नेपालकी सावित्री देवी साह र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजादले पनि सम्बोधन गर्नुभएको थियो ।

बैठकमा शुभकामना मन्तव्य राखेका सबै सांसदहरूले यस प्रदेशलाई नमुना प्रदेशको रूप दिन विकास र सम्बृद्धिको मुद्दामा सबै दल एक हुनुपर्ने धारणा राखेका थिए । बैठक जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । अर्को बैठक माघ २९ गते बस्ने पनि बैठकले तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here