प्रदेश २ का सांसदहरुलाई कारबाही गर्न माग

काठमाडौं,१३ पुस । प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको भन्दै तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

आज बिहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउदै माग गरेका हुन ।

प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरिरहेकाले छानबिन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिनुभयो ।
सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here