प्रदेश २ का मुख्यमन्त्री राउतले भनेःडीपीआर नबनेसम्म रुख काट्न मिल्दैन

धनुषा १२ असाेजः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजगढ विमानस्थलको नाममा मधेसको वन मास्न नमिल्ने बताएका छन् ।

‘हरित प्रदेश अभियान’ अन्र्तगत अाज बिहान पर्साको पर्सागढी गाउँपालिकास्थित सबैया जंगलमा बृक्षारोपण शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले विमानस्थलको डीपीआर नबनेसम्म रुख काट्न नमिल्ने बताए।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले बाराको फेटा गाउँपालिका खैरातीमाइ समुदायिक वनमा बृक्षारोपण गरेका छन्।
रौतहटमा कृषि राज्यमन्त्री गोगेन्द्र राय, सर्लाहीमा उद्योगमन्त्री रामनरेश राय, महोत्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, धनुषामा आन्तरिक मामिला तथगा कानु्न मन्त्री ज्ञानेन्द्र यादव, सिरहमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र सप्तरीमा राज्य मन्त्री उषा यादवको नेतृत्वमा बृक्षारोपण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here