प्रदेश -१: एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

काठमाडाैं, २६ माघ – प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित हुनुभएको छ । एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बन्नुभएको हो ।

संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याउनुभयो । उहाँसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याउनुभयो । एक मत भने बदर भएको छ । यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आउनुभएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच प्रतिस्पर्धा भएको हो ।

संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावकर समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहनुभएको थियो । आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहनुभएको थियो । राई भोजपुर (ख) बाट प्रदेश सभामा विजयी हुन् भने आचार्य सुनसरी १ (ख) बाट विजयी हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here