प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमाः सिँचाईमन्त्री गौतम

काठमाडौं, १४ साउन– सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको बताउनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको उल्लेख गर्नु भयो ।

उहाँले एकै चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको बताउनु भयो ।
त्यस्तै उहाँले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जानकारी दिनु भयो ।

असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउन सरकार ईमानदार भएर लागिपरेको जिकिर गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here