प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति हेरफेर गर्न पाइदैनः एमाले

web

काठमाडौं,२४ असोज– नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ ।

आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर नगर्न सरकारलाई सचेत गराएको हो ।

निर्वाचनको मिति हेरफेर गर्ने काम संविधान, कानुन र निर्वाचन आचारसंहिताले पनि नदिने हुनाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको पार्टीका उपाध्यक्ष भीम रावलले जानकारी दिनु भयो ।

एमालेले निर्वाचन परिचालन समितिको कमान्डरको जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष ओलीको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने निर्णय गरिएको पनि उपाध्यक्ष रावलले जानकारी दिनु भयो ।

एमालेले समानुपातिक तर्फको उम्मेदवार तय गर्न आगामी असोज २६ र २७ गते पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । आगामी असोज २९ गते दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूचि निर्वाचन आयोगको बुझाउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here