प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुनु ऐतिहासिक सफलताः राष्ट्रसंघ

काठमाडौं,२३ मंसिर–  संयुक्त राष्ट्रसंघले नेपालले दुई चरणमा संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ । न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको बताएका हुन् ।

राष्ट्रसंघका महासचिवले चुनावी प्रक्रियाको आगामी चरणमा पनि मिलेर अघि बढ्न दलहरुलाई सुझाव दिएका छन् । महासचिव गुटेरसले सरकार, राजनीतिक दल र नागरिक समाजलाई समावेशी र प्रतिनिधिमूलक शासन सुनिश्चित गर्ने प्रयास जारी राख्न प्रोत्साहन गरेको उनका प्रवक्ताले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here