प्रदेश नम्बर २ मा हुने निर्वाचन प्रचारप्रसारमा प्रमुखदलहरु, देउवा, दाहाल र ओली मधेशमा

काठमाडौं, २५ भदौं– प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु घरदैलो अभियानमा व्यस्त भएका छन् ।
२ नम्बर प्रदेशको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरुले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दल तथा उम्मेदवार भोट माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् ।
निर्वाचन नजिकिदै गर्दा ८ वटै जिल्लाका १ सय ३६ नगर तथा गाउँपालिकाका उम्मेदवारहरु मतदाताको घरदैलोमा कार्यकर्ताको भलुण्डा बोकेर भोट माग्न व्यस्त भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
नेपाली काग्रेंसको प्रचार अभियानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाधयक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिलगायतका शीर्ष नेताहरु प्रदेश नम्बर २ मा खटिएका छन् ।

प्रधानमन्त्रीसोत रहनु भएका पार्टीसभापति शेरबहादुर देउवा पनि पार्टीका उम्मेदवारका लागि भोट माग्न मधेशमा जाने चयारी रहेको कांग्रेस मुख्उ सचिव कृष्णप्रसाद पोडेलले जानकारी दिनुभयो ।
यसैबीच, नेकपा एमालेका शीष नेता पनि लामो समययता प्रदेश नम्बर २ मै चुनाव प्रचारमा व्यस्त रहेका छन् । यसअघि भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको एमालेले २ नम्बर प्रदेशमा पनि पहिलो बन्ने लष्यसहित शीर्ष नेताहरु चुनावी अभियानमा खटाएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायतका नेता चुनावी अभियानका क्रममा मधेशमै रहनु भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन हुने पर्सादेखि सप्तरीसम्मका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु पनि मधेश केन्द्रित भएका छन् । राष्ट्रिय जनता पार्टीसहित मधेश केन्द्रित दलहरु पनि चुनाव प्रचारमा व्यस्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here