प्रदेश नम्बर–२ मा हुने तेस्रो चरणको निर्वाचन तयारी अन्तिम चरणमाः आयोग

काठमाडौं, ३१ भदौं– प्रदेश नम्बर २ का आठै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाकर्मी र कर्मचारी सम्बन्धित मतदान केन्द्र पुगिसकेका छन् ।  निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको, हरेक जिल्लामा ३ देखि ९ हजारसम्म सुरक्षाकर्मी खटिएको गृहमन्त्रालयले जनाएको छ ।
स्थानिय तह तेस्रो चरण निर्वाचन अन्तर्गत असोज २ गते प्रदेश २ का ८ जिल्ला बारा,पर्सा,रौतहट, धनुसा, महोत्तरी, सिराहा, सप्तरी र सर्लाहीमा मतदान हुँदैछ । प्रदेशको एकमात्र महानगर वीरगन्ज तथा जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको  छ ।
गएराति १२ बजेदेखि भारतसँग जोडिएका सबै सीमा नाका सिल गरीएको छ । प्रत्येक मतदानस्थललाई सामान्य, संवेलनशील र अति संवेदनशलि तीन समुहमा वर्गाीकरण गरी सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here