प्रदेश नम्बर २ मा खटिएका चार आयुक्तले काम सुरु गरे

काठमाडौं, १८ भदौं– प्रदेश नम्बर २ मा हुने निर्वाचनलाई निष्पक्ष बनाउन आयोगले खटाएका ४ अघिकृतले आजदेखि अनुगमनलाई तिव्र बनाउने भएका छन् ।
प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तह निर्वाचनको सम्पूर्ण अनुगमनका लागि निर्वाचन आयोगका चार आयुक्त हिजो खटाइसकेको छ ।
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्त लगायतका पक्षहरुको अनुगमनका लागि आयुक्तहरु प्रदेश नम्बर २ का जिल्लाहरूमा खटाइएको बताउनुभयो ।

उहाँले आजदेखि सबै क्षेत्रमा टोलीले अनुगमन गर्ने बताउनुभयो । आयोगले धनुषा र महोत्तरीमा आयुक्त इला शर्मा, रौतहट र सर्लाहीका लागि नरेन्द्र दाहाल, पर्सा र बाराका लागि ईश्वरीप्रसाद पौडेल तथा सप्तरी र सिरहाका लागि सुधीरकुमार शाह आयोगबाट खटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here