प्रदेश नम्बर–२ जित्न माओवादी केन्द्रको भेला

काठमाडौं,१३ भदौं– नेकपा माओवादी केन्द्रले आज प्रदेश नम्बर २ मा प्रदेश भेलाको आयोजना गरेको छ । प्रदेश नम्बर २ मा हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न रणनिति बनाएको माओवादी केन्द्रले आज निर्वाचनको तयारी, दलहरुसंगको सहकार्य लगायतका विषयमा छलफल गर्न भेलाको आयोजना गरेको माओवादी प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो ।

भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुको उपस्थित रहने छ । भेलामा प्रदेश नम्बर २ का लागि उम्मेदवार चयन गरिने माओवादी केन्द्रका प्रदेश नम्बर–२ संयोजक विश्वनाथ शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here