प्रदेश नम्बर २ को मतपरिणाम आउनेक्रम जारी

काठमाडौं, ६ असोज– प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म ४५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो नतिजा अनुसार कांग्रेसको अग्रता कायमै छ, कांग्रेसलाई माओवादी केन्द्र र राजपाले पछ्याइ रहेका छन् ।
घोषित परिणामअनुसार कांग्रेस १६, माओवादी केन्द्र ८, राजपा समान ७, तथा संघीय समाजवादी फोरम ६ तहमा विजयी भएका छन् । यस्तै, नेकपा एमाले ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाल संघीय समाजवादी पार्टी १ स्थानीय तहमा विजयी भएका छन् ।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार अजयकुमार द्विवेदीले ३ हजार ९ सय ३९ मत ल्याउनु भएको छ भने उहाँलाई राजपाका राजेशमान सिंहले ३ हजार ८ सय ३२ मतका साथ पछ्याइ रहनु भएको छ ।
यसैबीच, मतगणना भइरहेका स्थानीय तहमध्ये पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २५ स्थानीय तहमा अगाडि छ ।

नेकपा एमाले १८, त्यसैगरी संघीय समाजवादी फोरम १२, नेकपा माओवादी केन्द्र १६, राष्ट्रिय जनता पार्टी १४ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here