प्रदेश नम्बर २ को मतगणनालाई तीव्र गतिमा लैजान कर्मचारी थप

काठमाडौं, ४ असोज– प्रदेश नम्बर २ मा जारी मतगणना सुस्त भएको गुनासो बढेपछि निर्वाचन आयोगले गणना गर्ने टोली बढाएको छ ।

न्यूनतम १३५ गणक टोलीबाट बढाएर ३ सय भन्दा बढी र्पुयाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार गणनालाई छिटो छरितो गर्न मत गणना गर्ने टोली अझै बढाउने काम भइरहेको छ ।

आयोगले चुनाव भएको ५ दिन भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । तर धेरैजसो स्थानीय तहमा राजनीतिक दलको सहयोग नमिल्दा सोचे अनुसारको गणना हुन सकेको छैन ।
मतगणना स्थलमा दुई तीन समूह गणना गर्न मिल्ने भए पनि राजनीतिक दलले प्रतिनिधी नपठाउँदा समस्या भएको छ । राजनीतिक दलले सहयोग गरे तोकिएको दिनभित्र सबै ठाउँको मतगणना सक्ने उहाँको दाबी छ ।

यस्तै सप्तरीको राजविराजबाहेक १३५ स्थानीय तहमा अहिले शान्तिपूर्ण तरिकाले मतगणना भइरहेको आयोगले जनाएको छ । गएको २ गते चुनाव रोकिएको राजविराजको वडा नम्बर १५ मा भोलि चुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here