प्रदेश नम्बर २ का स्थानीय तहमा सञ्चालित निर्वाचन कार्यालय खुल्दै

काठमाडौं, १२ भदौं– असोज २ गतेको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर २ का सबै नगरपालिका र गाउँपालिकामा आज निर्वाचन कार्यालय खुल्दैछन् । १३६ वटै स्थानीय तहमा सोमबार निर्वाचन कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ ।

सबै जिल्ला सदरमुकाममा गएको ७ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेको छ । २ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् ।

यसमध्ये ९ वटा स्थानीय तह पछि थपिएका हुन् । थपिएका स्थानीय तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here