प्रदेश नम्बर १ मा शेरधन राई र ३ मा डोरमणी पौडेल निर्वाचित

काठमाडौं,२६ माघः नेकपा एमालेले प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता निर्वाचन मार्फत चयन गरेको छ । प्रतिस्पधिबीच सहमति हुन नसकेपछि दुई वटै प्रदेशमा एमालेले निर्वाचन मार्फत दलको नेता चयन गरेको हो । प्रदेश नम्बर एकमा पोलिट्ब्युरो सदस्य शेरधन राई र तीनमा नेता डोरमणी पौडेल निर्वाचित हुनु भएको हो । संसदीय दलको नेता निर्वाचित भएसँगै दुवै नेतालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

माओवादी केन्द्रसँगको बाँडफाँडमा १ र ३ मा एमालेले सरकार बनाउने छ ।  प्रदेश नम्बर एकमा एमाले संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य राई २६ मत प्राप्त गरी संसदीय दलको नेतामा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम पार्टी सचिव भिम आचार्यले २४ मत प्राप्त गर्नुभयो । एक मत भने बदर भएको थियो । प्रदेश नम्बर एकमा एमालेको ५१ सिट छ ।  यस्तै प्रदेश ३ को एमाले संसदीय दलको नेतामा पौडेल निर्वाचित हुनुभएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो । यसअघि संसदीय दलको नेताका आकांक्षी रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रदेश नम्बर ५ मा शंकर पोखरेल र ६ मा यामलाल कँडेल एमाले संसदीय दलको नेतामा निर्विरोध चयन हुनु भएको छ । प्रदेश सरकार बाँडफाँडका क्रममा माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशमा सरकार बनाउनेछ । माओवादीले प्रदेश नम्बर ६ मा महेन्द्र शाही र ७ मा त्रिलोचन भट्टलाई संसदीय दलको नेत ाचयन गरिसकेको छ ।

प्रदेश नम्बर २ मा गठबन्धन गर्दै संयुक्त सरकार बनाउनेसंघीय समाजवादी फोरम र राजपाले  सहमति गरेपनि मुख्यमन्त्रीमा सहमति हुन सकेको छैन भने प्रदेश नम्बर चारमा एमालेले संसदीय दलको नेता छान्न सकेको छैन । सहमतिका आधारमा एमालेले १, ३, ४ र ५ मा सरकारको नेतृत्व गर्नेछ भने माओवादीले ६ र ७ मा मुख्यमन्त्री बनाउने छ ।

http://bit.ly/2H4kGBQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here