प्रदेश नम्बर १ को माओवादी केन्द्र संसदीयदलको नेतामा टङ्क आङबुहाङ

विराटनगर, २५ माघःनेकपा माओवादी केन्द्रले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ ताप्लेजुङलाई सर्वसम्मत चयन गरेको छ ।

माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो ९पाँचथर० लाई पनि सर्वसम्मत चयन गरिएको छ ।
प्रदेश नं १ का ९३ सांसद्मध्ये माओवादी केन्द्रका १५ र उदयपुरबाट माओवादी केन्द्रका सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताउनुभयो । प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टीभित्र विचार र सङ्घर्ष हुनु स्वाभाविक हो भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here