प्रदेश नं ७:दुई विधेयक संशोधनसहित पारित

धनगढी, ५ असोज: प्रदेश नं ७, प्रदेशसभाको आजको बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित पारित गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा दुवै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती विधेयकमा प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलपश्चात तयार भएको प्रतिवेदनमा तीन सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
आजको बैठकमा समितिको प्रतिवेदनमाथि संशोधनको प्रस्तावकर्ताका तर्फबाट सदस्य कृष्णराज सुवेदीले संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकको प्रारम्भमा समय माग गरी प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्य कर्णबहादुर मल्लले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी घटना छानबिनका क्रममा प्रहरी अधिकारीलाई निलम्बन गर्नेवाहेक यति लामो अवधिसम्म दोषी पत्ता लगाउन नसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here