प्रदेश नं ७:असी प्रतिशत मुद्दा फछ्र्यौट

भीमदत्तनगर, ३ साउन – प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी मुद्दाको लगत, फछ्र्यौट र बाँकी रहेका मुद्दाहरुका बारेमा जानकारी गराएको हो ।

उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका न्यायाधीश डिल्लीराज आचार्यले उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आवमा कूल एक हजार ७७६ मुद्दा परेको जानकारी  दिनुभयो । जसमध्ये एक हजार ४२६ वटा मुद्दा फछ्र्यौट भएको बताइएको छ ।

गत आवमा ३५० मुद्दा बाँकी रहेको उच्च अदालत दीपायल महेन्द्रनगर इजलासको रेकर्डमा उल्लेख गरिएको छ ।

रेकर्डअनुसार उच्च अदालत दीपायल महेन्द्रनगर इजलासमा ५०० मुद्दा परेकोमध्ये ४१९ फछ्र्यौट भएका छन् भने कञ्चनपुर जिल्ला अदालतमा ९६९ मुद्दा परेका थिए । जसमा कञ्चनपुर अदालतले ७६९ मुद्दा फछ्र्यौट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here