प्रदेश नं ५ :दुई विधेयक प्रमाणीकरण

बुटवल, २४ साउन: प्रदेश नं ५ का प्रमुखले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here