प्रदेश नं ५ःविशेषाधिकार समितिका सभापतिमा श्रेष्ठ चयन

बुटवल, ११ भदौः प्रदेश नं ५ को विशेषाधिकार समितिको सभापतिमा प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठ चयन हुनुभएको छ । समितिका ज्येष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेकोे प्रदेश नं ५ को सचिवालयले जनाएको छ ।

उहाँ नेकपाकोे तर्फबाट गुल्मीबाट निर्वाचित सांसद हुनुहुन्छ । सो समितिमा अन्य १० जना सदस्य हुनुहुन्छ । सभापति श्रेष्ठलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here