प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक

पोखरा, २४ माघःराष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ  सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले ९राना० तथा नेकपा ९एमाले०का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै दलित तर्फबाट नेकपा माओवादी केन्द्रका खिमकुमार विक निर्वाचित हुनुभएको छ भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी हुनुभएको छ ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here