हेटौँडा, ३१ साउन: प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा उहाँले हालै आएको बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई प्रदेश सरकारले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
गत साउन २९ गते प्रदेशसभाको बैठकको विशेष समयमा सदस्यले उठाएको प्रश्नको जवाफमा उहाँले प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका ११९ स्थानीय तहले जबर्जस्ती कर आफैँले निर्धारण गरी सर्वसाधारण नागरिकलाई दुःख दिएको भनी जनगुनासो बढ्दै गएकाले यससम्बन्धमा तत्कालै अनुगमन गरी अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ सरकार क्रियाशील भई अघि बढेको जानकारी दिनुभयो ।
मन्त्री जम्कटेलले हेटौँडालाई स्थायी राजधानी बनाउने बिषय प्रदेशसभामा कानूनी प्रक्रियाभित्र रहेको बताउँदै केही महिना पछाडि प्रदेशसभाले आफ्नो अधिकार प्रयोग गरी यसबारे निर्णय लिइने स्पष्ट पार्नुभयो । यदाकदा राजनीतिकरुपमा राजधानी सार्ने विवादलाई उत्तेजक बनाउन नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

