जनकपुर, २४ असोज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइ बहुमत प्राप्त गरी प्रदेश नं. २ मा मधेस सरकार बन्ने बताउनुभयो ।
आन्दोलनको उपलब्धिलाई संवैधानिक र राजनीतिक रुपमा सुरक्षित गरी बहुमतसहित प्रदेश २ मा मधेस सरकार बनाउने उहाँको दावी थियो ।
जनकपुरमा आयोजित कार्यक्रममा उहाँले मधेसी दलबीच चुनावी तालमेलले दललाई एकीकृत हुन बाटो खोल्ने बताउनुभयो। उहाँले मधेशको एक गठबन्धन बन्न बाँकी रहे पनि मुद्दाहरूबारे गहन छलफल भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसका केहि नेताहरुले मधेसीहरुको बीचमा भ्रम फैलाउने काम गरेको भन्दै त्यसमा नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

