प्रदेश एक र दुईमा प्रमुख सचिव नियुक्त

काठमाडाैं,५ मंसिरः संघीय सरकारले प्रदेश एक र दुईमा प्रमुख सचिव नियुक्त गरेको छ । प्रमुख सचिवको सरुवा र नियुक्ती अधिकार आफैसँग राखेको केन्द्र सरकारले सहसचिव केदार न्यौपानेलाई सचिवमा बढुवा गर्दै प्रदेश एकको प्रमुख सचिवको जिम्मेवारी दिएको हो । न्यौपाने यसअघि प्रदेश एककै निमित्त प्रमुख सचिव हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद्को गत सोमवारको बैठकले सचिव दिपक सुवेदीलाई प्रदेश २ मा कायमुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।

रामेश्वरमान सिंहले उमेर हदका कारण अवकाश लिएपछि प्रदेश २, दुई सातायता प्रमुख सचिवबिहीन थियो । प्रमुख सचिव हेरफेरले प्रशासनिक काम गर्न अप्ठ्यारो भएको भन्दै प्रदेश सरकारहरुले आपसी समन्वयमा नियुक्ती र सरुवाको अधिकार मागेपनि केन्द्र सरकारले दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here