प्रदेश एकले आज नाम टुङगो लगाउँदै, कुन–कुन स्थान चर्चामा ?

काठमाडौं,१९ बैशाख । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको प्रस्ताव दर्ता आज हुने भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकले स्थायी राजधानी र नामाकरणको प्रस्तावका लागि सूचना प्रकाशन गर्न सचिवालयलाई निर्देशन गरे अनुसार आज प्रस्ताव दर्ता हुन लागेको हो । प्रदेश एकका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशका प्रमुख सचिव गोपाल पराजुलीलाई बैशाख १९ सम्ममा स्थायी राजधानी र प्रदेशको नामकरणको प्रस्ताव दर्ता गराउने गरि सूचना निकाल्न निर्देशन दिनुभएको थियो ।

प्रदेश सभा सञ्चालन नियमावली अनुसार दुई जना सांसदको सर्मथनमा प्रस्तावक सांसदले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन सक्नेछन । दर्ता भएको प्रस्ताव उपर छानबिन गरि सभामुखले संसदको बैठकमा छलफलका लागि प्रवेश गराउन अनुमति दिने जनाइएको छ । संसदबाट प्रस्ताव स्विकृत भैसकेपछि सभामुखले प्रस्ताव उपर छलफल गराउने कार्यसुची रहेको छ ।

छलफलमा सहमती भए सर्बसहमतिमा र सहमति नभए दुई तिहाईको हस्ताक्षर सहित प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाबाट टुंगो लाग्ने संवैधानीक व्यवस्था छ । एक नम्बर प्रदेशमा स्थायी राजधानीका लागि विराटनगर महानगरपालिका, सुनसरीको ईटहरी, मोरङको गोठगाउँ र धनकुटा चर्चामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here